site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सात घण्टापछि हट्यो काठमाडौंको फोहोर बोकेका गाडीमाथिको अवरोध 

काठमाडौं । काठमाडौं महानगरपालिकाले माछापोखरीको फुटपाथ व्यापार हटाएको विरोधमा नुवाकोटवासीले गरेको फोहोरका गाडिमाथिको अवरोध हटेको छ ।  

स्थानीयसँगको वार्तापछि गाडीहरू डम्पिङ साइटतर्फ गएको महानगर वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईले जानकारी दिइन् । 

“माछापोखरीमा वास्तविक किसानलाई ठाउँ छुट्याउने वार्ता भयो । त्यसपछि रोकिएका २०० गाडी डम्पिङ साइटमा पुग्दैछन्,“ उनले भनिन् । 

महानगरले माछापोखरीको फुटपाथमा व्यापार गर्नेहरूलाई हटाउन राति १ बजेदेखि नगरप्रहरी परिचालन गरेको थियो । त्यसको विरोधमा स्थानीयले सडक बन्द गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro