देश
-1716952428.jpg)
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डस्थित दुम्कीबासमा डाइभर्सन बगाउँदा बाटो अवरुद्ध भएको छ ।
शुक्रबार (वैशाख १९) बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार, विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्मित डाइभर्सन पनि बाढीले बगाएकाले मालवाहक तथा ठूला गाडी होङ्सी गेट र अरुणखोला क्षेत्रमा रोकिएका छन् ।
यात्रुवाहक र साना सवारीसाधनलाई भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ । अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालन हुन समय लाग्ने सूचना अधिकारी नेपालले बताए । रासस
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ ०९:४६
प्रतिक्रिया दिनुहोस्