
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षका लागि तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सार्वजनिक नीति तथा कार्यक्रममा केही प्राथमिकताहरू यस्ता रहेका छन्
- संविधान र लोकतान्त्रिक शासन व्यवस्थालाई प्रवर्द्धन गर्ने संविधानको समीक्षा गर्ने, कार्यान्वयनका कमीकमजोरी सुधार्न पहल गर्ने विकास निर्माणमा देखा परेका कमीकमजोरी सुधारका लागि विकासको ढाँचा, गति र प्रवृत्ति परिवर्तन गर्ने परियोजना पुनरावलोकन गरी समयतालिका निर्धारण गर्ने निर्माणाधीन तथा निर्माण गर्नुपर्ने योजनाका लागि सम्भावना नभएका परियोजना खारेजीसम्म गर्ने ।
- विद्यालय शिक्षामा देखिएका कमीकमजोरी अन्त्यका लागि कानुनी प्रबन्ध गर्ने ।
- उद्यमशिलतामैत्री शिक्षाको नीति अपनाई श्रम क्षेत्रमा रहेको सीपयुक्त श्रमशक्तिको अभाव सीपहिन जनशक्ति जगेडा रहने अवस्थाको अन्त्य गर्ने ।
- यसका लागि हालको पाठ्यक्रम, सिकाइ र अध्यायपन विधिमा व्यापक सुधार गर्ने ।
- उद्यमशिलतको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जन वृद्धि गर्ने । सबै उद्योगको विजनेस प्लान र त्यसको इको सिस्टम निश्चित गरी जेनजी पुस्तालाई विशेष प्राथमिकतमा राखी युवाकेन्द्रित स्टार्टअप कार्यक्रम सुरु गर्ने ।