site stats
बाह्रखरी :: Baahrakhari
देश
दिल्लीमा विकास भएको मौसमी प्रणालीको प्रभाव नेपालमा पनि परेको हो ? 
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । वाग्मती प्रदेशको काठमाडौंसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अहिले वर्षा भइरहेको छ । 

“काठमाडौंमा पनि वर्षा सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै अन्य विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ,” मौसमविद् सरोज पुडासैनीले बाह्रखरीसँग भने, “पानी पार्ने प्रणाली विस्तारै पूर्वतर्फ पनि फैलिरहेको छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावका कारण वर्षा भएको हो । यो सँगै भारतको नयाँ दिल्लीमा विकास भएको नयाँ प्रणालीको असर पनि नेपालको मौसमी प्रणालीमा देखिएको मौसमविद् पुडासैनीले बताए । 

“पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावसँगै नयाँ दिल्लीमा विकास भएको प्रणालीको पनि प्रभाव देखिएको छ,” उनले अगाडि भने, “नयाँ दिल्लीमा विकास भएको प्रणालीका कारण मात्रै वर्षा भएको भन्ने होइन ।” 

सुदूरपश्चिम हुँदै आएको प्रणालीले कोसी प्रदेशसम्म असर पार्ने उनको भनाइ छ । आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्