site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहलगाम हमलामा मारिएका न्यौपानेको न्यायका निम्ति निरन्तर प्रदर्शन

काठमाडौं । भारतको जम्मू–कश्मीरको पहलगाममा मारिएका रूपन्देहीका युवा सुदीप न्यौपानेको न्यायको माग गर्दै शुक्रबार पनि प्रदर्शन भएको छ ।

सुदीपको न्यायका लागि पछिल्लो एक हप्तायता निरन्तर प्रदर्शन भइरहेको हो । शुक्रबार नेपाल–भारत आदिवासी जनजाति मैत्री संघले महारागन्जदेखि पाकिस्तानी दूतावास रहेको काठमाडौंको चुनदेवी मन्दिर परिसरसम्म प्रदर्शन गर्दै आएको छ ।

मैत्रीसंघका अध्यक्ष विनोदकुमार गुरुङको नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनमा प्ले कार्ड प्रदर्शन गर्दै कुनै पनि नेपालीले संसारका कुनै पनि कुनामा पुग्दा आतंककारी हमलाको सिकार हुन नपर्ने माग थियो ।

यसअघि सोमबार र शनिबारसमेत प्रदर्शन भएको थियो । आतंकवादी समूहले न्यौपानेको हत्या गरेको भन्दै दूतावासअगाडि प्रदर्शन हुन थालिएको हो ।

वैशाख ९ मा आतंकवादी हमलामा न्यौपानेसहित २६ जनाको हत्या गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro