site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पैदलयात्रीलाई ठक्कर दिएर फरार चालक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पैदलयात्रीलाई ठक्कर दिई सवारीसाधनसहित फरार भएका एक युवक पक्राउ परेका छन् ।

शुक्रबार बिहान ७ बजे काठमाडौंको कलंकीस्थित दृष्टि आँखा अस्पताल अगाडि धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी ५५ वर्षीय सानु गुरुङलाई रोलरले ठक्कर दिएर फरार भएका मकवानपुरको थाहा नगरपालिका–५ का १८ वर्षीय उमेश स्याङताङलाई काठमाडौं प्रहरीले नागार्जुन नगरपालिकाबाट पक्राउ गरेको हो ।

गुरुङ मृत फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा वर्ल्डवाइड कन्स्ट्रक्सन कम्पनीको रोलरले उक्त दुर्घटना गराएको खुलेको थियो । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । रासस

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  २२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro