देश

काठमाडौं । आन्दोलनरत शिक्षक आन्तरिक छलफलमा जुटेका छन् । बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा शिक्षकहरूको बैठक सुरु भएको छ ।
दिउँसो सरकारकारसँग हुने वार्ताअघि शिक्षकहरू आन्तरिक बैठकमा बसेको नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले जानकारी दिए ।
मंगलबार राति सरकारसँग भएको वार्तापछि महासंघले निर्णायक वार्ताअघि आन्तरिक बैठक बस्ने बताएको थियो । दिउँसो २ बजे सरकार र शिक्षकबीच हुने वार्तामा सहमति जुट्ने थापाले बताएका छन् ।
मंगलबार राति भएको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका थिए । सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्तसहित महासंघका पदाधिकारीबीच वार्ता भएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२ ०९:०९
प्रतिक्रिया दिनुहोस्