site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
काठमाडौंमा ‘पिंक केयरएथन’ हुने, तीन हजार महिला सहभागी हुने अपेक्षा

काठमाडौं । महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले आगामी चैत ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ । लेजर पोर्ट नेपालले गर्न लागेको केयरएथनमा महिलाहरूको दौड, जुम्बालगायत विभिन्न कार्यक्रम हुनेछन् ।

जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउन सक्ने यस इभेन्टको मुख्य उद्देश्य सधैँ घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए । 

Dabur Nepal

आयोजकले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, पिंक केयरएथनमा यसपटक दुई हजार ५०० देखि तीन हजार महिला सहभागी हुने अपेक्षा गरिएको छ । 

कलाकार उषा रजकलाई काठमाडौं पिंक केयरएथनकाे गुडविल एम्बासडेटर घाेषणा गरिएकाे छ ।

यसअघि, काठमाडौं पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यसपटक अझ नेपालीपन झल्किने गरी काठमाडौं पिंक केयरएथन नाममा आयोजना गर्न लागिएको हो । 

लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तीन वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro