site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

पोखरामा कोटी होममा बाल्नका लागि भन्दै चौताराका बरपिपल काटिएपछि महानगरपालिकालगायत स्थानीय प्रशासनिक अधिकारीहरूको नियत र क्षमतामा सन्देह उत्पन्न भएको छ । नेपाली समाजमा बरपिपल सामाजिक, धार्मिक र सांस्कृतिक सबै दृष्टिबाट पूजनीय मानिन्छ भने चौतारा मास्नुलाई ‘पाप’ र अपराध । 

पोखरा महानगरपालिका -१४ लगायतका विभिन्न वडाका चौताराका बरपिपल काटेर नेपाल ट्रस्टको स्वामित्वमा रहेको रत्न मन्दिर परिसरमा थुपारिएको छ । चौतारा ठुट्याउँदा तमासा हेरेर बसेको महानगरपालिकाले भने चौतर्फी आलोचनापछि काठदाउरा जफत गर्ने घोषणा गरेर कर्तव्य पूरा गरेको ठानेको देखियो । 

वर्षौं पहिले चिनिएका चौतारामा लगाइएका बरपिपलबाट हालै घर बनाउनेहरूका लागि असुविधा भएको हुनसक्छ । सामान्यतः चौतारा मासेको अपजस र पाप बोक्न नचाहने तर वरपिपल काटिएको देख्न खोज्नेहरूले प्रायः अनेकौं बहाना बनाएर मौका छोप्ने गरेको देखिएको छ । 

पोखरामा यसपटक 'कोटीहोम'का नाममा तिनैले मौका छोपेको हुनुपर्छ । स्थानीयको साथ र सम्बन्धित पालिका तथा प्रशासनको सह नभएको भए पचासौं ट्रक दाउरा हुनेगरी चौताराका रुख काटेर सरकारी स्वामित्वको स्थानमा थुपार्न सम्भव हुँदैन ।  

अरू धर्मावलम्बीलाई जस्तै सनातन हिन्दु धर्मावलम्बीलाई कोटीहोम गर्ने अधिकार छ । तर, त्यसका लागि चौताराका वरपिपल त परको कुरा सम्बन्धित निकायको अनुमति नलिई सार्वजनिक स्थानबाट एउटा झिँजोसम्म पनि उठाउनु भने कानुनबमोजिम दण्डनीय अपराध हो ।  

यस्तै, महानगरपालिकाभित्रका सार्वजनिक चौताराका वरपिपल काटिँदा पनि स्थानीय वडा अध्यक्षलगायतका जनप्रतिनिधिले तमासा हेरेर बस्नु कानुनीरूपमा दण्डनीय नभए पनि नैतिकरूपमा अपराध नै हो । चौतारा जोगाउनुपर्ने दायित्व भएकाहरूले पवित्र मानिने वरपिपल काटिँदा तमासा हेरेर बस्दा ुपापु पनि लाग्नुपर्छ । 

पोखरा महानगरपालिकाभित्रै गण्डकी प्रदेश सरकारदेखि कास्की जिल्ला प्रशासन र वनसम्बन्धी कार्यालयहरू पनि छन् । पचासौं ट्रक दाउरा हुनेगरी चौताराका वरपिपल काटिँदा पनि तिनका अधिकारीले थाहा नपाएका भए ती नालायक हुन् नभए तिनको नियतमै सन्देह गर्नुपर्ने हुन्छ । 

यस्तै, पचासौं ट्रक अवैध दाउरा आफ्नो परिसरमा थुपार्न दिने नेपाल ट्रस्टका अधिकारीहरूको पनि यस घटनाले योग्यता र नियत दुवैमा सन्देह उत्पन्न गराएको छ । महानगरपालिका, स्थानीय प्रशासन, वनसम्बन्धी कार्यालय र नेपाल ट्रस्टका अधिकारी यस प्रकरणमा जिम्मेवार देखिन्छन् ।

वरपिपलको हाँगाबिँगा ठुट्याएर रुख सुकाएर मार्ने अनि चौतारा भत्काएर जमिन हडप्ने षड्यन्त्र पनि गरिएको हुनसक्छ । यसैले स्थानीय तहले तत्काल चौताराको संरक्षणको प्रयत्न गरिहाल्नुपर्छ । पुराना रुख पलाएनन् भने नयाँ बिरुवा सारेर पनि चौतारा मासिन नदिन ध्यान दिइयोस् । 

यसरी चौताराका वरपिपल काट्नेहरूलाई प्रशासनिक शक्ति, राजनीतिक नेतृत्व वा धार्मिक कार्यको बहाना बनाएर उन्मुक्ति दिइयो भने त्यो विनाशको डँडेलो सल्काएजस्तै हुनेछ । यसैले जफत गरिएका दाउरा बेच्नेमात्र होइन यस प्रकरणमा दोषी देखिएका सबैमाथि कानुनी कारबाही गरिनुपर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro