site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेशका संस्थापकको निवासमा तोडफोड, किन भड्कियो हिंसा ?

काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिनाका पिता तथा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानको ढाकास्थित धनमन्डी–३२ मा रहेको निवासमा तोडफोड भएको छ ।

प्रदर्शनकारीहरूले हसिनाका आफन्त र उनका पार्टीका सदस्यहरूको घरमा पनि आगजनी गरेका छन् । उनीहरूले शेख सोहेल, शेख ज्वेलको घरमा त बुलडोजर नै चलाएका छन् । उनीहरू हसिनाका आफन्त हुन् ।

बुधबार रातिको हिंसापछि भारतमा रहेकी हसिनाले फेसबुक लाइभबाट संरचना ध्वस्त पार्न सकिने भए पनि इतिहास मेटाउन नसकिने बताएकी छन् ।

"घरसँग किन डराउनु ? म बंगलादेशका जनताबाट न्याय चाहन्छु । के मैले मेरो देशको लागि केही गरेको छैन ? त्यसो भए किन यति धेरै अपमान ? भवन भत्काउन सकिन्छ, तर इतिहास मेटाउन सकिँदैन । मेरो बुबाको घर ध्वस्त पार्नेहरूले इतिहासले बदला लिन्छ भन्ने कुरा बिर्सनहुँदैन," उनले भनेकी छन् ।

किन भड्कियो हिंसा ?

शेख हसिनाको पार्टी अवामी लिगले आफ्ना कार्यकर्ता र नेताहरूलाई फेब्रुअरी ६ मा सडकमा आउन अपील गरेको थियो । पार्टीले पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध दायर गरिएका मुद्दा र अल्पसंख्यकमाथिको आक्रमणको विरोधमा मार्चको आह्वान गरेको थियो ।

बुधबार हसिनाले बंगलादेश छोडेको ६ महिना पूरा भयो ।हसिनाले राति ९ बजे आफ्ना समर्थकहरूलाई अनलाइन भाषण दिने कार्यक्रम थियो ।

अर्कोतर्फ ‘२४ क्रान्तिकारी विद्यार्थी–जनता’ नामक विद्यार्थी संगठनले यसको विरोधमा राति ९ बजे ‘बुलडोजर मार्च’ गर्ने घोषणा गरेको थियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार उनीहरूले तोडफोड गरेका हुन् ।

बीबीसीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro