site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बुढासुब्बा गोल्डकप : आरटीसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

काठमाडौं । आरटीसी भुटान फुटबल क्लबलाई ७–० गोलअन्तरले हराउँदै चर्च ब्याइज युनाइटेड फुटबल क्लब २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

बुधबार धरान रंगशालामा भएको खेलको २१औँ मिनेटमा चर्च ब्वाइजका समीर तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । उनले अब्योमी फकुन्लेको पासमा गोल गरेका थिए ।

Dabur Nepal

खेलको ५६औँ मिनेट र ८५औँ मिनेटमा समीरले गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसैगरी चर्च ब्वाइजकै अर्माण्ड भिदोमले खेलको २७औँ, ४९औँ र ५६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । चर्च ब्वाइजकै पदम भट्टराईले २९औँ मिनेटमा गोल गरे ।

आजको खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका समीर तामाङ घोषित भए । उनले ट्रफी र नगद १० हजार प्राप्त गरे । बिहीबार हुने सेमिफाइनल खेल एनआरटी क्लब काठमाडौं र यूकेएफसी भारतबीच हुनेछ ।

यही माघ २६ सम्म हुने प्रतियोगिताका विजेताले ट्रफीसहित १० लाख र उपविजेताले नगद पाँच लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले नगद एक लाख र प्रत्येक खेलको प्लेयर अफ दी म्याच हुनेले १५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro