देश
काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विस्फोट भएको छ । ग्यास सिलिन्डर विस्फोटका क्रममा कम्तीमा पनि १३ जना घाइते भएको प्रहरीले जनाएको छ । कमलपोखरीको सानदार मःम पसलमा विस्फोट भएको प्रहरीले जनाएको छ ।
उक्त पसलमा जम्मा १४ जना कार्यरत रहेको र एकजना बाहिर निस्किएका थिए ।
एकजनाको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाउने तयारी गरिएको छ । बाँकी १२ जनालाई हिमाल अस्पतालमा पुर्याइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
ग्यास कसरी लिक भएको थियो भन्ने विषयमा अनुसन्धान थालिएको उनले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१ ०९:४३
प्रतिक्रिया दिनुहोस्