site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस–एमालेकै सांसदले गरे सरकारको विरोध 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अन्तरजातीय विवाह गर्दा राज्यले ज्यादतीपूर्ण काम गरेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको आकस्मिक समयमा उनीहरूले अन्तरजातीय विवाह गरेका सर्लाहीको बरहथवाका सत्यन्द्रकुमार राम चमार र सोही नगरपालिकाकी नेहा रौनियारमाथि सरकारले घोर अन्याय गरेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा कांग्रेसकी सांसद शान्ति विकले उक्त घटनामा राज्यशक्तिको दुरुपयोग भएको भन्दै गृहमन्त्रीको जवाफ माग गरिन् । दलित समुदायले सधैँ भेदभाव र अत्याचार सहनुपरेको भन्दै राज्यले ध्यान दिनुपर्ने उनले बताइन् । उनले अन्तरजातीय विवाह गर्ने जोडीको जीवनको सुरक्षाको माग गरिन् । 

त्यस्तै, एमाले सांसद हर्कमाया विकले अन्तरजातीय विवाह गर्दा राज्यबाट ज्यादती भएको भन्दै भर्त्सना गरिन् । उनले यस घटनाले जातीय विभेदमात्रै नभई संलग्नलाई राज्यले नै संरक्षण गर्दै पीडितलाई अन्याय गरेको जिकिर गरिन् । 

त्यस्तै, माओवादी सांसद रणेन्द्र बराइलीले गृहमन्त्रीकै आदेशमा प्रहरीले अन्तरजातीय विवाह गरेको जोडीमाथि ज्यादती गरेको आरोप लगाए । अदालतमा विवाह दर्ता भइसकेको अवस्थामा बाल विवाहजस्ता झुटा मुद्दा लगाइएको उनले बताए । 

त्यस्तै, अन्य सांसदले समेत अन्तरजातीय विवाह गर्दा ज्यादतीपूर्ण काम गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro