site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोनाल्डो भन्छन्– म सबैभन्दा पूर्ण खेलाडी

काठमाडौं । पोर्चुगल तथा साउदी प्रो लिगको क्लब अल नासरका कप्तान क्रिस्टियानो रोनाल्डोले आफू ‘सबैभन्दा पूर्ण खेलाडी’ भएको बताएका छन् ।

बुधबार (हिजो)देखि ४० वर्षमा प्रवेश गरेका रोनाल्डो फुटबल करियरमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी समेत हुन् । उनले हालसम्म ९२३ गोल गरेका छन् ।

“मलाई लाग्छ, म सबैभन्दा पूर्ण खेलाडी हुँ । मेरो विचारमा म नै सबैभन्दा राम्रो हुँ । म फुटबलमा सबै राम्रो गर्छु, हेडर, फ्रीकिक, देब्रे खुट्टाले पनि । म छिटो छु र बलियो पनि,” एएफसी च्याम्पियन्स लिगमा अल–वासलविरुद्ध ४–० को जित निकालेपछि रोनाल्डोले भने ।

सन् २०१६ मा पोर्चुगललाई यूईएफए च्याम्पियन्स लिगको उपाधि दिलाएका रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १३५ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा समेत सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro