site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एपीएफलाई हराउँदै मछिन्द्र क्वार्टरफाइनलमा 

काठमाडौं । पोखरामा जारी २४औँ आहा रारा पोखरा गोल्डकपमा मछिन्द्र फुटबल क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

बुधबार कास्कीस्थित पोखरा रंगशालामा भएको खेलमा मछिन्द्रले विभागीय टोली एपीएफ क्लबको चुनौती २–० ले पन्छाउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो । मछिन्द्रको जितमा आदित्य शाक्य र स्टेफन कामाहाले गोल गरे । मछिन्द्रले दुवै गोल दोस्रो हाफमा गरेको हो । 

खेलको ७४औँ मिनेटमा आदित्यले गोल गर्दै मछिन्द्रलाई अग्रतामा राखेका थिए । त्यसको १० मिनेटपछि कामनाको गोलमा मछिन्द्रले अग्रता दोब्बर बनायो । यसपछि थप गोल नहुँदा मछिन्द्रले अन्तिम–८ यात्रा पक्का गर्‍याे ।

जितसँगै क्वार्टरफाइलनमा स्थान बनाएको मछिन्द्रले अब सेमिफाइनल प्रवेशका निम्ति थ्री स्टार क्लबविरुद्ध प्रतिस्पपर्धा गर्नेछ ।

मोफसलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको आहा राराको यस संस्करणमा कुल १२ टोलीको सहभागिता छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro