site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भट्टराईको निधनबाट राष्ट्रपति दुखी 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानु साहित्य उद्यान समितिका अध्यक्ष एवम् नेपाल सरकारका पूर्व सचिव विजयराज भट्टराईको निधनबाट आफू स्तब्ध भएको बताउँदै मुलुकले एक कर्मठ र निष्ठावान राष्ट्रसेवक गुमाएको बताएका छन् ।

स्वर्गीय भट्टराईका परिवारजनलाई बुधबार एक समवेदना सन्देश पठाउँदै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका  हुन् ।

Dabur Nepal

“मेडिसीटी अस्पतालमा उपचारकै क्रममा यही माघ २१ गते भट्टराइको दुःखद निधन भएको खबरले म स्तब्ध भएको छु, विद्यार्थी अवस्थादेखिनै अत्यन्त प्रखर र कर्मनिष्ठ व्यक्तित्व भट्टराईको निधन राष्ट्र र समाजको लागि अपुरणीय क्षति हो”, समवेदना सन्देशमा भनिएको छ । 

राष्ट्रपति पौडेलले स्वर्गीय भट्टराईको आत्माको चीर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिका सुपुत्री अवज्ञा पौडेलले सो समवेदना सन्देश भट्टराईको निवासमा गएर परिवारजनलाई हस्तान्तरण गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro