site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गुन्डागर्दीमा सक्रिय सातजना काठमाडौंबाट पक्राउ 

काठमाडौं । प्रहरीले गुन्डागर्दीमा सक्रिय रहेको आरोपमा काठमाडौंबाट सातजना पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धबाट उनीहरुलाई आज पक्राउ गरेको जनाएको छ ।

कार्यालय प्रमुख एसएसपी रमेश बस्नेतले उनीहरुले सामाजिक सञ्जालमार्फत् देखाएको व्यवहारका आधारमा पक्राउ गरिएको जानकारी गराउँदै अब थप अनुसन्धान हुने बताए । सामाजिक सञ्जालमा खुकुरी देखाउने र गुन्डागर्दीमा रहेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस्तै युवाहरुको सूची बनाएको जनाएको छ ।
 

Dabur Nepal

यी हुन् कार्यालयको सूचीको ‘हिट लिस्ट’मा परेका

उपत्यका अनुसन्धान कार्यालयको टोलीले विभिन्न क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधिमा लागेका करिब ४५ जना गुन्डागर्दी गर्नेहरूको सूची तयार पारेको छ । उनीहरूको विगतको अपराधका घटनालाई आधार बनाएर पहिलो सूची तयार पारिएको हो ।

त्यसरी सूची तयार पारिएकाहरूमा सानो भर्‍याङका मिलन गुरुङ (चक्रे मिलन)देखि धादिङका राधे भनिने राधाकृष्ण भण्डारीसमेत छन् । उनीहरू दुवै अपराधको दुनियाँमा चर्चित नाम हुन् । चक्रे मिलनमाथि खुकुरी प्रहार गरेको अभियोगमा गण्डकी प्रदेशसभामा सांसदसमेत रहेका दीपक मनाङे जेल नै पुगेका छन् । करिब २० वर्ष अघिको घटनाका कारण उनको सांसद पदसमेत गुमेको छ ।

त्यस्तै, भण्डारी यसअघि प्रहरीको इन्काउन्टरमा मारिएका गुन्डानाइके दिनेश अधिकारी (चरी)माथि नागढुंगामा गोली प्रहार गरेको आरोपमा पक्राउ परेका थिए । उनीहरू अहिले देखिने गरी गुन्डागर्दीमा नलागे पनि समूह बनाएर आफ्नो उपस्थिति देखाउन टिकटकमार्फत उच्छृंखल भिडियो पोस्ट गर्ने गरेको प्रहरीको दाबी छ । राधे नेपाली कांग्रेसको तरुण दलबाट राजनीतिमा सक्रिय छन् । मिलन एमालेको राजनीतिमा सक्रिय छन् ।

उनीहरूबाहेक उपत्यका प्रहरी कार्यालय अन्यको गुन्डागर्दी गर्ने समूहको 'कुण्डली'समेत तयार पारेको छ । सूचीमा कलंकी क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधिमा लाग्ने अभिषेक सिंह, न्युरोडलाई आधार बनाउने बब शर्मा, ठमेल क्षेत्रलाई आधार बनाउने सानुकान्छा गुरुङ र साजन गुरुङ, बालाजु क्षेत्रलाई आधार बनाउने दिपेश धिताल छन् ।

यसरी नै बसपार्क क्षेत्रलाई आधार बनाउने सुरेश डंगोल र सानुभाइ भनिने युवराज गुरुङ, बौद्ध क्षेत्रलाई आधार बनाउने श्याम लामा, गौशाला क्षेत्रलाई आधार बनाउने धिरेन प्रधानमाथि उपत्यका प्रहरीको टोलीले निगरानी थालेको छ ।

त्यस्तै, ललितपुर जिल्लालाई आधार बनाएर आपराधिक गतिविधिमा संलग्न राजु बोगटीलाई समेत प्रहरीले निगरानीमा राखेको छ । श्याम लामा, राधे भण्डारी र चक्रे मिलनका पछिल्ला टिकटक भिडियोमार्फत उनीहरूमाथि निगरानी थालेको छ । कार्यालयको प्रहरी टोलीले सूचीमा राखेकाहरू गुन्डागर्दी आरोपमा पटकपटक पक्राउ पर्दै छुट्दै आएकाहरू हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro