site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
२७औँ वर्षमा सिद्धार्थ हस्पिटालिटी, विदेशमा सेवा विस्तारको लक्ष्य 

काठमाडौं । सिद्धार्थ हस्पिटालिटी २७औँ वर्षमा प्रवेश गरेको छ । सन् १९९८ मा कैलालीको टीकापुरमा सामान्य होटेलबाट सुरु भएको कम्पनीको यात्रा देशभर फैलिँदै २७ वर्ष पूरा गरेको हो ।

वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले मुलुकको पर्यटन प्रवर्द्धन गर्दै सिद्धार्थलाई देशव्यापी बनाउने योजनाका साथ सिद्धार्थ ग्रुपले ‘भिजन २०३०’ मा काम गरिरहेको बताए ।

उनले सन् २०३० सम्म स्वदेश तथा विदेशमा समेत गरी कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको पनि जानकारी दिए । “हाल हामी नेपालका विभिन्न स्थानका साथै भारतमा समेत होटेल सञ्चालनको तयारी गरिरहेका छौँ, त्यसपछि अन्य देशमा पनि सेवा विस्तार गर्ने योजना छ,” उनले भने ।

Dabur Nepal

गत वर्ष पृथ्वी राजमार्गको चुम्लिङटारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टले दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)बाट उत्कृष्ट रिभर साइड रिसोर्टको अवार्ड पाएको थियो । साथै बौद्धस्थित सिद्धार्थ बुटिक होटेलले उत्कृष्ट बुटिक होटेलका रूपमा साटा अवार्ड प्राप्त गरेको थियो ।

सुर्खेतस्थित सिद्धार्थ रिसोर्टले कर्णाली प्रदेश सरकारबाट उत्कृष्ट एचआर प्राक्टिस (मानव संसाधन अभ्यास) अवार्ड प्राप्त गरेको थियो । त्यस्तै, विभिन्न आउलेटहरू उत्कृष्ट सेवा र आतिथ्यका लागि ट्राभलर च्वाइस अवार्डबाट समेत सम्मानित भएका थिए ।

विदेशमा सेवा विस्तारको योजना

मुलुकका विभिन्न स्थानमा सेवा विस्तार गरिरहेको सिद्धार्थ हस्पिटालिटीले अब चाँडै भारतमा पनि सेवा विस्तार गर्दै छ । त्यति मात्रै होइन, धनगढीमा पाँचतारे होटेलको योजना अगाडि बढाएको छ ।

सिद्धार्थले बुटवलको योगीकुटीमा सिद्धार्थ कटेज सञ्चालन गरेको छ, जसमा वाटर पार्क र यस क्षेत्रकै उत्कृष्ट सभा हल समेत निर्माण हुँदै छ । हाल रेस्टुरेन्टको काम पूरा भई सञ्चालनमा आइसकेको छ भने आगामी असारसम्ममा बाँकी काम पूरा हुने जनाइएको छ । कम्पनीले धनगढीमै पनि सिद्धार्थ कटेज निर्माण गरिरहेको छ ।

हाल सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका विभिन्न आउटलेटमा दुई हजार ५०० भन्दा बढी प्रत्यक्ष कर्मचारी कार्यरत छन् । कम्पनीका अनुसार पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म सेवा प्रवाह गरिरहेको कम्पनीले आफ्नै होटेल सञ्चालनका साथै अन्य होटेल व्यवस्थापन गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro