site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माथिल्लो जुनबेसी खोलामा जुट्यो लगानी, २१ महिनाभित्र बत्ती बाल्ने लक्ष्य
Tiktok banner adTiktok banner ad

काठमाडौं । ५.८७५ मेगावाटको माथिल्लो जुनबेसी खोला जलविद्युत् आयोजनामा लगानी जुटेको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२, जुनबेसीमा निर्माण गरिने आयोजनामा दुई वटा बैंकले ऋण लगानी गर्नेगरी मंगलबार वित्तीय व्यवस्थापन पूरा गरिएको हो ।

गोर्खाज हिमालयन हाइड्रो लिमिटेडले प्रवर्द्धन गर्न लागेको आयोजनामा सहवित्तीयकरण ऋण लगानीको नेतृत्वकर्ता सानिमा बैंक लिमिटेडले ६५ करोड रुपैयाँ र मुक्तिनाथ विकास बैंकले २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको प्रवर्द्धक कम्पनीका प्रबन्ध सञ्चालक सन्तोष भट्टराईले जानकारी दिए ।

उनका अनुसार आयोजनाको कुल लागत अनुमान एक अर्ब २९ करोड रुपैयाँ रहेको छ । यसमध्ये ७० प्रतिशतले हुन आउने ९० करोड रुपैयाँ ऋण र ३० प्रतिशतले हुन आउने ३९ करोड रुपैयाँ प्रवर्द्धकको स्वपुँजी लगानीबाट जुटाइने छ । विद्युत्को उच्च माग हुने समय (पिक आवर)मा दैनिक एक घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्ने गरी आयोजनालाई आंशिक जलाशय (पीआरओआर)को रूपमा निर्माण गर्न लागिएको छ ।

“अब आयोजना निर्माणमा लान आवश्यक सबै तयारी करिब पूरा भएको छ,” प्रबन्ध सञ्चालक भट्टराईले भने, “आउँदो फागुन १ गतेदेखि निर्माण सुरु गरेर २१ महिना (२०८३ साल कात्तिक) भित्र पूरा गरी आयोजनाबाट बत्ती बाल्ने हाम्रो लक्ष्य छ ।” आयोजना निर्माणस्थलमा जान आवश्यक पहुँचमार्ग, आवास लगायतका संरचनाको निर्माण सकिएको उनले बताए ।  

आयोजनाबाट वर्षायाममा २३.५३२ गिगावाट घण्टा र हिउँदमा ११.५२६ गिगावाट घण्टा गरी वार्षिक कुल ३५.०५९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाले उत्पादन गर्ने बिजुलीको मूल्य वर्षायामका ६ महिना ४.८० रुपैयाँ र हिउँदका ६ महिना ८.४० रुपैयाँ प्रतियुनिट रहने छ ।  

उत्पादित बिजुली आयोजनाले ३३ केभी आठ किलोमिटर लामो लाइन निर्माण गरी सोलुखुम्बुस्थित १३२ केभी तिङ्ला सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउने छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro