site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
फाइनान्स समूहका लगानीकर्ताले कमाए, नौ अर्बको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४.४५ अंकले घटेको छ । यस दिन नेप्से ०.१६ प्रतिशतले घटेर २७११.४५ विन्दुमा बन्द भएको छ ।

यस दिन आठ अर्ब ९५ करोड ८० लाख रुपैयाँमा सेयर खरिद–बिक्री भएको छ । यस दिन ११३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १२२ कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर छ ।

यसदिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ । परिसूचक सर्वाधिक वृद्धि फाइनान्स समूहको भएको छ । यो समूहको परिसूचक ५.६७ प्रतिशतले वृद्धि भएको छ । यो समूहमा भएका १५ वटै कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।

उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ६०० रुपैयाँ बढेर ६ हजार ६०० कायम भएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । त्यस्तै च्याङ्दी हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ ।  

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro