काठमाडौं । एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसद्मा यथाशीघ्र पेस गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
बुधबार बसेको राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसद्मा यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकपछि सरकारलाई निर्देशन दिँदै समिति सभापति सोनाम गेल्जेन शेर्पाले समितिले निर्वाचन आयोग नेपालको रिक्त निर्वाचन आयुक्त पदमा यथाशिघ्र नियुक्ति गर्न निर्देशन दिने निर्णय गरेको बताए ।
उनले भने, "एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसद्मा यथाशीघ्र पेस गर्न नेपाल सरकारलाई निर्देशन दिने । निर्वाचन आयोग नेपालको रिक्त निर्वाचन आयुक्त पदमा यथाशीघ्र नियुक्ति गर्न निर्देशन दिने ।"
आजको बैठकमा नेपालको निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणासम्बन्धी छलफल गरिएको थियो ।