site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६ अध्यादेशविरुद्ध ५१ विरोध सूचना एकसाथ निर्णयार्थ प्रस्तुत गरिने

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा अध्यादेशविरुद्ध परेका विरोध सूचनालाई एकसाथ निर्णयार्थ प्रस्तुत गरिने भएको छ । 

संसद्मा विचाराधीन विधेयक र पेस भएका अध्यादेशका सम्बन्धमा प्रमुख दलका सचेतकसँग सभामुख देवराज घिमिरेले गरेको छलफलका क्रममा अध्यादेशविरुद्ध परेका विरोध सूचनालाई एकसाथ निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको हो ।

विभिन्न ६ वटा अध्यादेशविरुद्ध ५१ वटा विरोधका सूचना दर्ता भएका छन् । ६ वटा अध्यादेशमध्ये प्रत्येक अध्यादेशमाथि परेका विरोधका सूचनामाथि छलफल हुने र एकसाथ निर्णयार्थ प्रस्तुत हुने सहमति भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

५१ वटा विरोधका सूचना दर्तामाथि छुट्टा–छुट्टै निर्णयार्थ प्रस्तुत गर्दा निकै समय लाग्ने भएकाले एकसाथ निर्णयार्थ प्रस्तुत हुने उनले बताए । बर्तौलाले सदनमा सत्तापक्षको बहुमत रहेकाले अध्यादेश बहुमतले पारित हुने दाबी गरे । 

जसपा पनि सत्ता साझेदार दल रहेकाले अध्यादेशमा समर्थन जनाउने उनको भनाइ छ । संसद्को पहिलो बैठकमा रास्वपाले संसद्को मर्यादा भंग गर्ने काम गरेको विषयमा पनि छलफल भएको उनले बताए । 

त्यस्तै, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेशका बारेमा धेरै विरोधका सूचना दर्ता भएकाले नियमावलीअनुसार एउटा अध्यादेशमा एकजना प्रस्तावक हुने र विरोधका सूचना दिनेले बोल्ने सहमति भएको बताए । उनले मन्त्रीले जवाफ दिएपछि विरोधका सूचनाका आधारमा नभई अध्यादेशका आधारमा निर्णयार्थ प्रस्तुत हुने जानकारी दिए । 

त्यस्तै, रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पनि अध्यादेशलाई सहज रूपले निर्णयार्थ प्रस्तुत गर्ने विषयमा छलफल भएको बताए । बिहीबार बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताले धारणा राख्ने उनले बताए । 

प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजे बोलाइएको छ । बैठकमा सरकारले ल्याएको अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro