site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रियलमाथि बार्सिलोनाको शानदार जित 

एजेन्सी  । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको पहिलो एल क्लासिको भिडन्तमा बार्सिलोनाले बाजी मारेको छ । शनिबार भएको सिजनको पहिलो एल क्लासिको भिडन्तमा बार्सिलोनाले १० खेलाडीमा सिमित रियल मड्रिडलाई ३ – ०  ले पराजित गरेको हो ।

सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेज, लियोनल मेस्सी र एलेक्सिस भिडालले समान एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले तीन गोल गर्दै जित निकालेको थियो । जितसँगै बार्सिलोनाले ला लिगाको उपाधि होड बलियो बनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दोस्रो हाफको ५४ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६३ औं मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २ – ० को अग्रता दिलाए । रियलका ड्यानियल कार्भाजलले पाउलिन्होको प्रहारलाई गोललाइनमा बल हातले रोकेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । जसमा मेस्सीले सहजै गोल गरेका थिए । योसँगै मेस्सीले एल क्लासिकोको ३७ औं खेलमा २५ औं गोल पुरा गरेका छन् । मेस्सी एल क्लासिको भिडन्तमा सर्वा्धिक गोलकर्ता समेत हुन् ।

हातले बल रोकेपछि कार्भाजलले रातो कार्ड पाउदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सिमित भएको थियो । रियल १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा बार्सिलोनाले उठायो । खेलको ९० औं मिनेटमा भिडालले गोल गर्दै बार्सिलोनालाई ३ – ० को जित दिलाए । खेलमा रियल मड्रिडले पनि केहि गोलको अवसर पाएको थियो । तर, पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियल घरेलु मैदानमै बार्सिलोनासँग स्तब्ध भयो ।

Global Ime bank

यो जितपछि लिग लिडर बार्सिलोनाले लिगमा ९ अंकको अग्रता कायम गरेको छ । बार्सिलोनाले १७ खेलबाट ४५ अंक जोडेको छ । दोस्रो स्थानको एथलेटिको मड्रिडको ३६ अंक छ । चौथो स्थानको रियल मड्रिडको ३१ अंक छ ।  रियल बार्सिलोनाभन्दा १४ अंकले पछि छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ८, २०७४  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement