देश
काठमाडौं । गृहमन्त्री रवि लामिछाने निलम्बनको माग गरिएको रिट सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले हेर्दाहेर्दैमा राखेको हो । अर्को पेसी १८ गतेका लागि तोकिएको छ ।
अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा यसअघि सहकारी ठगीमा कास्कीबाट लामिछानेविरुद्धको उजुरी र बुटवलको सुप्रिम सहकारीको अभियोजनको मिसिल झिकाउने आदेश भएको थियो ।
अघिल्लो पेसी गत बुधबार न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा परेको थियो । तर, पेसी चढिसकेपछि न्यायाधीश शर्माका पूर्व ल फर्म पार्टनर रमेश बडालले वकालतनामा चढाएपछि मुद्दा हेर्न नमिल्नेमा परेर रोकिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१ १७:२७
प्रतिक्रिया दिनुहोस्