site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोसी सरकारको बजेट पारित 

विराटनगर । कोसी प्रदेश सरकारले आउँदो अर्थिक वर्ष २०८१/०८२ का निम्ति प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट पारित भएको छ । शनिबारको प्रदेशसभा बैठकबाट बहुमतले बजेट पारित गरिएको हो ।

सरकारले यही असार १ गते ३५ अर्ब २७ करोड़ ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । त्यसमा चालु खर्चतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

वित्तीय व्यवस्थापनबाट दुई करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब ५८ करोड़ ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । चालु खर्चमध्ये संघीय अनुदानतर्फ फिर्ताका निम्ति तीन अर्ब रुपैयाँ रहेको जनाइएको छ ।

खर्चको अनुमानमध्ये आन्तरिक राजस्व चार अर्ब ९८ करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ४০ करोड आठ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण आठ अर्ब ९४ करोड ३२ लाख, ससर्त अनुदान चार अर्ब १६ करोड ४३ लाख, समपूरक अनुदानबाट ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड एक लाख रुपैयाँ अनुमान गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro