site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
रुस र उत्तर कोरियाबीचको सहमतिले दक्षिण कोरियामा चिन्ता 
SkywellSkywell

सिउल । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनबीच एक अर्काविरुद्धको आक्रमकताविरुद्ध एक अर्कालाई सघाउने सहमति भएको छ । उत्तर कोरियाली नेता किमले यो समझदारीले दुई देशबीचको सम्बन्धलाई नयाँ र उच्च स्तरको गठबन्धनमा लगेको जनाएका छन् । 

उत्तर कोरियाले युक्रेन विरुद्ध रुसले चालेको कदमलाई समर्थन गरेको छ भने कोरियन प्रायदिपमा हुन सक्ने लडाईलाई आगामी दिनमा रसियाले उत्तर कोरियाको साथ दिन सक्ने अवस्थाका कारण दक्षिण कोरिया पनि चिन्तित पाइएको छ ।  
एक अर्कालाई सघाउने भनिएकोले दक्षिण कोरियाविरुद्ध उत्तर कोरियाले भविश्यमा कुनै पनि कदम नचाल्ला भन्न सक्ने अवस्था नभएका कारण दक्षिण कोरियामा चिन्ता उत्पन्न भएको हो । पश्चिमा शक्तिहरुपनि दुई देशबीचको नयाँ संझौतालाई लिएर सशंकित पाइएका छन् ।

Dabur Nepal
NIC Asia

उत्तर कोरिया र रसियाबीच के कस्तो सहयोग आगामी दिनमा हुन सक्छ भन्ने बारेमा प्रष्ट नखुलाइए पनि दुई देशबीचको समझदारीलाई ‘विस्तृत साझेदारी संझौता’को नाम दिइएको छ ।  पुटिन बुधबार बिहान ३ बजे उत्तर कोरियाको भ्रमणमा आएका हुन् भने त्यहाँको भ्रमण सकेर भियतनाम प्रस्थान गर्दै छन् ।

उनले उत्तर कोरियाली नेतालाई रुस भ्रमणको निम्तोपनि दिएका छन् । पश्चिमा शक्तिबाट एक्लिएको रुसका राष्ट्रपतिलाई उत्तर कोरियामा भव्य स्वागत गरिएको छ ।  (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro