site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
महिला कबड्डीमा आर्मी च्याम्पियन

काठमाडौं । विभागीय टोली नेपाल आर्मी सीता दाहाल राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको च्याम्पियन बनेको छ । काठमाडौंको लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार भएको फाइनलमा आर्मीले अर्को विभागीय टोली एपीएफ क्लबलाई २५–२४ को साँघुरो अन्तरले पराजित गरेको हो ।

विजेता आर्मीले एक लाख र उपविजेता एपीएफले ५० हजार रुपैयाँ प्राप्त गरे । सेमीफाइनलमा पराजित नेपाल प्रहरी र सुदूरपश्चिमले समान २५ हजार रुपैयाँ हात पारे ।

Dabur Nepal
NIC Asia

अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगितामा आर्मीकी अनुजा कुलुङराई उत्कृष्ट खेलाडी घोषित भइन् । अनुजाले ११ हजार रुपैयाँ प्राप्त गरिन् । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, सदस्य प्रकाशकुमार कुसारी लगायतले पुरस्कृत प्रदान गरे ।

असार ४ गतेदेखि सुरु भएको प्रतियोगितामा पाँच प्रदेश (गण्डकी÷कर्णाली बाहेक) र तीन विभागीय टोली गरी आठ टोलीले प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव अरविन्दकुमार झाले जनाए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro