site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारको विभेद– नवीकरण अनुमति नदिएर एनसेलको सम्पत्ति कब्जाको दाउ !
SkywellSkywell

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको अनुमतिपत्र नवीकरणमा सरकारले आनाकानी गरेको छ ।

एनसेलले जीएसएम सेलुलर मोबाइल सेवाको अनुमतिपत्र भदौ १५ भित्र नवीकरण गरिसक्नुपर्ने कानुनी प्रावधान छ । तर एनसेलले तीन महिनाअघि नै नवीकरणका लागि ४ अर्ब नेपाल दूरसञ्चार प्राधिकरणको खातामा राखेर प्रक्रिया अघि बढाए पनि अनुमतिपत्र नवीकरण हुन सकेको छैन ।

पाँचवर्ष अवधिका लागि तिर्नुपर्ने २० अर्ब रुपैयाँ हरेक वर्षको सुरुमा तिर्ने व्यवस्था यसअघि पनि भएको हुँदा अहिले पनि सोही प्रक्रिया अपनाइदिन एनसेलले आग्रह गरेको छ । तर प्राधिकरणले त्यस्तो सुविधा दिन मानेको छैन ।
प्राधिकरणको यस रणनीतिलाई एनसेलको सम्पत्ति हत्याउने दाउका रुपमा बुझेका छन् ।

Dabur Nepal
NIC Asia

एनसेलका एक उच्च अधिकारीले पनि आफूहरु त्यही निष्कर्षमा पुगेको बताउँछन् । समयमै शुल्क नतिरेको भन्दै प्राधिकरणले एनसेलको लाइसेन्स नवीकरण गर्न थप तीन अर्ब जरिबाना तोकेको छ ।

सरकारी दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले भने लाइसेन्स अवधि सकिएपछि अर्थात् पाँच वर्षपछि नवीकरण शुल्क तिरेको थियो ।

आफुले किस्ता सुविधा माग्दा नदिने तर सरकारी कम्पनीलाई अवधि नाघेपछि पनि शुल्क तिर्न मिल्ने सुविधा दिएकोमा एनसेलले विभेद भएको बताएको छ । यस्तै सरकारले नेपाल टेलिकमको लाइसेन्स अवधि २५ वर्ष नाघेपछि २१ करोड रुपैयाँमै नवीकरण गरिदिएको छ । 

दूरसञ्चार ऐन, २०५३ मा २५ वर्ष अवधि नाघेपछि लाइसेन्स कसरी नवीकरण वा नयाँ दिने भन्ने स्पष्ट नहुँदा मन्त्रिपरिषद्ले यस्तो निर्णय गर्दै टेलिकमको लाइसेन्स नवीकरण गर्न निर्देशन दिएको थियो ।

एनसेलका हकमा २५ वर्ष नाघेपछि सबै सम्पत्ति सरकारी नियन्त्रणमा आउने शर्त स्वीकारेर मात्रै लाइसेन्स नवीकरण गर्न सरकारले प्राधिरकणलाई निर्देशन दिएको छ । एनसेलले यो निर्णय कानुनमा व्यवस्था भएअनुसार नभएकोे भनेको छ ।

एनसेलले अहिले अन्तिम पटकका लागि आफ्नो लाइसेन्स नवीकरण गर्दैछ । पाँच वर्षपछि एनसेलको लाइसेन्स २५ वर्ष पुग्छ ।

दूरसञ्चार ऐनको दफा २० अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिनसक्ने व्यवस्था छ । तर, सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भने पनि व्यवहारमा त्यस्तो नगरिरहेको भन्दै एनसेलले गुनासो गरेको छ ।

यस अवस्थामा प्राधिकरणले एनसेललाई सहजीकरण समेत गर्न रोक लगाएको छ । प्राधिकरणले डलर सटहीको सुविधा रोकेको र बाहिरबाट ल्याउनुपर्ने प्राविधिक सामानमा पनि रोक लगाएको छ । सटही सुविधा ठप्प हुँदा दूरसञ्चारका उपकरण आयातमा ढिलाइ भएर सेवा विस्तार तथा गुणस्तर सुधार र विदेशी कन्सल्टेन्सीको भुक्तानीदेखि व्यान्डविथको भुक्तानीमा असर परेको एनसेलले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले कानुनमा भएको व्यवस्था र सरकारको निर्देशनअनुसार एनसेलको लाइसेन्स नवीकरण गर्नसक्ने बताउँदै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro