site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुवासले जिते सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि
SkywellSkywell

काठमाडौं । डिफेन्डिङ च्याम्पियन सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । उनले भुवन नगरकोटी र निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै उपाधि हात पारेका हुन् ।

शुक्रबार ४–अन्डर ६८ को कार्ड तयार गर्दै सुवासले समग्रमा १६–अन्डर २७२ को सानदार नतिजामा उपाधि आफ्नो नाममा लेखाए । प्रो बनेपछिको पहिलो उपाधि जितेका उनले नगद दुई लाख ७५ हजार प्राप्त गरे ।

Dabur Nepal
NIC Asia

समग्रमा १४–अन्डर २७४ को स्कोरमा निरज र भुवनले संयुक्त रूपमा दोस्रो स्थान बाँडे । निरजले ५–अन्डर ६७ र भुवनले ३–अन्डर ६९ को स्कोर दर्ज गरे । उनीहरूले जनही एक लाख ४८ हजार ५०० नगद पुरस्कार प्राप्त गरे । दिनेश प्रजापतिले १–अन्डर ७१ सहित समग्रमा १२–अन्डर २७६ को स्कोरमा चौथो भए । उनले एक लाख दुई हजार रुपैयाँ हात पारे ।

समग्रमा ६–अन्डर २८२ को नतिजामा तोरण विक्रम शाही पाँचौँ हुँदै ८८ हजार प्राप्त गरे । उनले आज इभन–पार ७२ मा खेल सकाए । २–अन्डर २८६ को स्कोरमा छैटौँ भएका सञ्जय लामाले अन्तिम दिनको खेल २–अन्डर ७० मा सकाए । उनले ८० हजार नगद पुरस्कार हात पारे ।

समग्रमा इभन–पार २८८ सहित टंकबहादुर कार्की र जयराम श्रेष्ठ सातौँ भए । टंकले ३–अन्डर ६९ र जयरामले ४–ओभर ७६ मा खेल सकाए । उनीहरूले जनही ७१ हजार ५०० नगद हात पारे । समग्रमा १–ओभर २८९ को स्कोरमा रवि खड्का नवौँ र ६–ओभर २९४ सहित रामे मगर दशौँ भए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २१:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu