site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इटालीमा डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ३४ पुग्यो

रोम । इटालीको तटरक्षकले यो हप्ताको सुरुमा दक्षिणी तटमा भएको आप्रवासी सवार डुंगा दुर्घटनामा थप १४ जनाको शव फेलापरेसँगै मृतकको संख्या ३४ पुगेको पुष्टि गरेको छ ।

“यस हप्ताको सुरुमा क्यालाब्रियाको तटमा भएको डुंगा दुर्घटनामा ११ जनाको उद्धार गरिएको थियो भने ६० भन्दा बढी बेपत्ता भएका थिए,” तटरक्षकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

अझै बेपत्ता व्यक्तिका निम्ति हवाई एवं समुद्री खोजी जारी रहेको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघको आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय संगठनका अनुसार, गत वर्ष भूमध्यसागरमा करिब तीन हजार १५५ आप्रवासीको मृत्यु र बेपत्ता भएका थिए । यो वर्ष अहिलेसम्म एक हजारभन्दा बढीको मृत्यु र बेपत्ता भएका छन् ।

उत्तरी अफ्रिका र इटाली र माल्टाबीचको क्षेत्र भूमध्यसागर विश्वको सबैभन्दा घातक आप्रवासन मार्ग हो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro