site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कुमिन्सको ह्याट्रिकप्रेरित अस्ट्रेलिया डीएलएसअनुसार २८ रनले विजयी

काठमाडौं । वर्षाका कारण प्रभावित बनेको आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत सुपर–८ को खेलमा अस्ट्रेलियाले बंगलादेशविरुद्ध डकर्वथ लेविस पद्धति (डीएलएस) अनुसार २८ रनको जित निकालेको छ ।

शुक्रबार बिहान एन्टिगोवास्थित सर भिभियन रिचार्ड्स रंगशालामा भएको खेलमा प्याट कुमिन्सले ह्याट्रिक लिँदा टस हारेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित २० ओभरमा १४० रनमात्र बनाएको थियो । १४१ रनको लक्ष्यसहित मैदान उत्रिएको अस्ट्रेलियाले ११.२ ओभरमा दुई विकेट गुमाएर १०० रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । यसपछि पुनः सञ्चालन हुन नसक्दा अस्ट्रेलिया डीएलएसअनुसार २८ रनले विजयी भएको हो ।

अस्ट्रेलियाको जितमा ओपनर डेविड वार्नरले ५३ रन बनाए । उनले ३५ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । ट्राभिस हेडले २१ बलमा तीन चौका र दुई छक्कासहित ३१ रन थपे । ग्लेन म्याक्सवेल १४ रनमा अविजित रहे ।

बंगलादेशका लागि दुवै विकेट रिसाद हुसैनले लिए ।

त्यसअघि बंगलादेशका कप्तान नज्मुल हुसैन सान्टोले ४१ रन बनाएका थिए । तोहिद हृदोयले ४० रन थप्दा लिटोन दासले १६ र तास्किन अहमेदले १३ रन बनाए ।

बंगलादेशलाई मध्यम योगफलमा रोक्न अस्ट्रेलियाका प्याट कुमिन्सले ह्याट्रिक लिए । कुमिन्सले १८औँ ओभरको अन्तिम दुई बल र २०औँ ओभरको पहिलो बलमा लगातार विकेट लिँदा जारी विश्वकपमै ह्याट्रिक लिने पहिलो बलरसमेत बने । ट्वान्टी–२० विश्वकपको इतिहासमा भने यो सातौँ ह्याट्रिक हो ।

बंगलादेशविरुद्ध कुमिन्सबाहेक, एडम जाम्पाले दुई विकेट लिए । मार्कुस स्टोइनिस, मिचेल स्टार्क र ग्लेन म्याक्सवेलको नाममा समान एक विकेट रह्यो ।

प्रतियोगितामा अस्ट्रेलिया समूह ‘बी’ को विजेता र बंगलादेश समूह ‘डी’ को उपविजेता बन्दै सुपर–८ मा आएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro