site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
व्यापार घाटा १३ खर्ब १४ अर्ब नाघ्यो : १४ खर्बको आयात हुँदा एक खर्बको निर्यात

काठमाडौं । पछिल्ला वर्षहरूमा आयातसँगै निर्यात खुम्चिँदै गएको छ । नेपाल भित्रिने वस्तु तथा सेवाको आयात केही घटे पनि निर्यात नबढेपछि व्यापार घाटा उच्च नै छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ जेठ मसान्तसम्म नेपालको व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ छ ।

गत वर्षको जेठ मसान्तसम्मको तुलनामा व्यापार घाटा १.७२ प्रतिशतले घटेको छ । गत वर्षको जेठ मसान्तसम्म नेपालको व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ थियो ।

उक्त अवधिसम्म आयात १.८४ प्रतिशत र निर्यात ३.०१ प्रतिशतले घटेको छ । विभागका अनुसार जेठ मसान्तसम्म १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँको आयात भएको छ । आर्थिक वर्ष २०७९/८० मा १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म एक खर्ब ३९ अर्ब २६ करोड २३ करोड रुपैयाँको वस्तु तथा से वा निर्यात भएको छ ।

आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा एक खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro