कला
काठमाडौं । चलचित्र ‘मितज्यू’को घोषणा गरिएको हो । चलचित्रमा जनक घर्ती मगरको लगानी र अनिल बुढा मगरको निर्देशन रहनेछ ।
सोमबार सार्वजनिक सिनेमाको पेन्टिङ थिम पोस्टरमा दुई पात्रलाई भ्यानअगाडि देख्न सकिन्छ । भ्यानको माथि खसी र खसीको टाउकोमा कुखुराको भाले देख्न सकिन्छ ।
यो वर्ष रिलिज भएको ‘घरज्वाइँ’ बक्सअफिसमा सफल भएपछि सोही टिमले यो चलचित्र निर्माण गर्न लागेको हो । निर्माणपक्षका अनुसार २०८२ चैत २७ गतेबाट यो चलचित्र प्रदर्शनमा आउनेछ ।
चलचित्रमा को–को कलाकार रहने भन्ने निर्माण टिमले सार्वजनिक गरेको छैन ।
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१ १६:३९
प्रतिक्रिया दिनुहोस्