site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्रमा कर्पोरेट हाउसको लगानीबारे के भन्छन् दीपक ?
फाइल तस्बिर ।

काठमाडौं । व्यवसायीहरूको पहिलो उद्देश्य नाफा हुने भएकाले जहाँ थोरै लगानीमा धेरै मुनाफा आउँछ, त्यहाँ उद्योगीले लगानी गर्ने कलाकार तथा निर्माता दीपकराज गिरी बताउँछन् । 

सामान्यतया लगानी गर्नुअगाडि उद्योगी होस् वा सानो पुँजीमा व्यापार गर्ने व्यक्ति, उसले आफूले लगानी गर्ने क्षेत्रले प्रतिफल दिन्छ अथवा दिँदैन भन्ने हेर्ने उनी बताउँछन् । लगानीकर्ताले यसमा ध्यान दिनुपर्नेमा उनको जोड छ ।

सुरुमा चलचित्र क्षेत्रबाट प्रतिफल कसरी र कति आउँछ भन्ने अध्ययन गरेर आउनुपर्ने दीपक बताउँछन् । बजारमा 'यति करोड कमाइ भयो रे' भनेर आउने हो कि कसरी आउने हो त्यसले धेरै कुरामा अर्थ राख्ने उनको धारणा छ । 

“विनोद चौधरीले चाउचाउबाट कति कमाउँछन् भन्ने कसैलाई थाहा हुँदैन । र, चासो पनि हुँदैन । तर, पूर्णबहादुरको सारङ्गीले कति पैसा कमायो त्यो बच्चाबच्चालाई पनि थाहा हुन्छ,” दीपक भन्छन्, “हाम्रो सिनेमा उद्योग प्रचारमुखी छ । बजारमा जे आउँछ, हाम्रो आम्दानीबारे त्यसमा सतप्रतिशत सत्यता छैन । दर्शक आकर्षित गर्न हामी हाम्रो आँकडालाई बढाइचढाइ गरेर भन्छौँ ।” 

कुन उद्योग कति राम्रो छ भनेर थाहा पाउन त्यसमा प्रवेश नगरी थाहा नहुने दीपक बताउँछन् । नेपाली चलचित्र उद्योग अहिलेसम्म पूर्णरूपमा व्यावसायिक नरहेको उनको भनाइ छ ।

“चिटिक्क परेको सुन्दर घर छ । तर, त्यो घरभित्र व्यावसायिकताको मात्रा धेरै कम छ,” दीपक अगाडि थप्छन्, “पूर्ण बहादुरको सारङ्गी, १२ गाउँ, छक्का पञ्जा–५ चलको चलचित्र उद्योगमा त्यसपछि आएका चलचित्र कति चले । अधिकांश चलचित्रले पोस्टरको पैसा पनि उठेको छैन ।” 

चलचित्र उद्योग नेपालमा मात्र नभएर विश्वभर नै जोखिमपूर्ण रहेको दीपक सुनाउँछन् । नेपालमा बैंकले लोन नदिने उद्योग चलचित्र क्षेत्रमात्र भएको उनको भनाइ छ । चलचित्र बनाउँछु भनेर लोन लिन जाँदा बैंकले नदिनुको कारण यसको उच्च जोखिम भार रहेको दीपकको अनुभव छ । 

जोखिमपूर्ण उद्योग रहेकै कारण धेरै चलचित्र क्षेत्रमा आउँदै नआउने र आएका नदोहोरिने उनी सुनाउँछन् । अहिले कर्पोरेट हाउस चलचित्र उद्योगमा प्रवेश गर्नुको कारण अन्य क्षेत्र आर्थिकरूपमा सुस्ताउनु रहेको दीपक बताउँछन् ।

“अन्य क्षेत्र अहिले सुस्ताएका छन् । यति करोड र उति करोड कमाइ भयो भनेर समाचार आइरहेका छन् । दुई करोडमा बनाएको सिनेमाले ५० करोड कमायो भनेर समाचार आउँछ । यस्तो आश्चर्यजनक कमाइ अन्त कतै हुँदैन,” दीपक अगाडि थप्छन्, “कमाइका यस्ता आँकडाहरूले पनि आकर्षित गरेको हुन सक्छ । तर, जसरी आए पनि उहाँहरूलाई यो क्षेत्रमा निरन्तरता दिने वातावरण हामीले बनाइदिनुपर्छ ।” 

चलचित्रकर्मीले ठूलो व्यापारिक घराना आयो, कमाउने मौका यही भन्नुभन्दा पनि सकेसम्म यसलाई जोगाउने काम गर्नुपर्छ । यस्ता उद्योग आइरहे भने नेपाली चलचित्र उद्योग बलियो हुन्छ भन्ने सोचले काम गर्नुपर्नेमा दीपकको जोड छ । सामूहिक भावनाको विकास गरेर कर्पोरेट हाउसलाई जोगाउनुपर्ने उनको धारणा छ ।

नेपाली सिनेमा उद्योगमा आर्थिक अनुशासन निकै कमजोर रहेको र यो समस्याकै रूपमा खडा भइरहेको दीपक स्वीकार गर्छन् ।

“नयाँ क्षेत्रमा प्रवेश गर्दा यसै पनि अन्योल हुन्छ । त्यहाँ आर्थिक अनुशासन कति हुन्छ, कति विश्वसनीयता हुन्छ, पैसा भएका मान्छे हुन्, यिनीहरूलाई लुट्नुपर्छ भन्ने भावना कति छ यसले ठूलो अर्थ राख्छ,” उनी भन्छन्, “लगानी गर्न आउने व्यक्तिले पनि केही न कही त सोच्नु भएकै होला । बुझेर मात्रै लगानी गर्नुपर्छ । उहाँहरूले समातेको ग्रुप राम्रो र व्यावसायिक छन् भन्ने मलाई पनि विश्वास छ ।” व्यावसायिक धर्म निभाएर लामो समयपछि आएको कर्पोरेट हाउस फेरि फर्किंदैन भन्ने उनको विश्वास छ । 

दीपक ‘छक्का पञ्जा’मा जोडिएको आईएमई यी चलचित्रमा लगानीकर्ताका रूपमा सेयर लिएर नआएको प्रस्ट पार्छन् । नेपाली चलचित्रकर्मी र सिनेमालाई सहयोग गरौँ भनेर निरन्तर सहयोग गरिरहे पनि निश्चित प्रतिशत सेयर लिएर नआएको उनको दाबी छ ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro