site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘दुःखी आत्मा’को ट्रेलरमा के छ ?

काठमाडौं । चलचित्र ‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले सोमबार (आज) सार्वजनिक गरेको ट्रेलरमा एडल्ट सिनेमाका संवादहरू प्रशस्त सुन्न पाइन्छ । दृश्यभन्दा पनि एडल्ट सिनेमामा हुने संवादसँगै मुख्य पात्रमा रहेको समस्या देखाइएको छ ।

सेलिब्रिटी कविको छवि बनाएको एक पात्रलाई माया गर्ने युवतीहरू कसरी ऊप्रति समर्पित भइरहेका छन् ट्रेलरमा देख्न सकिन्छ । सँगै उसमा रहेको शारीरिक दुर्बलताले ऊप्रति युवतीले गर्ने तिरस्कार पनि देखाइएको छ ।

Dabur Nepal

ट्रेलरमा चलचित्रका मुख्य पात्र दयाहाङ राई, आँचल शर्मा, दीया मास्के, अनुपविक्रम शाही लगायतलाई देख्न सकिन्छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दीया मास्के, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय छ ।

हिमाल कडरियाको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता सुदीप ढकाल हुन् । आलोक शुक्लाको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

चलचित्र ‘दुखी आत्मा’मा श्रवण मुकारुङका १० कविता समावेश गरिएको छ । क्लर्क वर्क क्रिएसनको व्यानरमा निर्माण भएको चलचित्र फागुन २ गते रिलिज हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro