काठमाडौं । नेपालसहित तीन देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट श्रृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
शृंखला आउँदो बिहीबारदेखि काठमाडौंमा सुरू हुनेछ । श्रृंखलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् ।
जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने श्रृंखलामा सबै टोलीले एक अर्कासँग तीन–तीन खेल खेल्ने छन् । नेपाली महिला टोलीले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ ।
नेपाली टोली :
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिशाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट