site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको चौथो संस्करण फागुन तेस्रो सातादेखि
Tiktok banner adTiktok banner ad

काठमाडौं । कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको चौथो संस्करण फागुन तेस्रो सातादेखि सुरु हुने भएको छ ।

आयोजक नेपाल कराते महासंघ ललितपुर मेन डोजाङले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता फागुन १६, १७ र १८ गते हुने जनाएको हो ।

प्रतियोगितामा कुल १७ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा पुरुषतर्फ नौ र महिलातर्फ आठ विधामा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी, चार केजीभन्दा तल र ८४ केजीभन्दा माथिसँगै एकल र टिम कातामा खेल हुनेछन् । यस्तै, महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी, ६ केजीभन्दा तल र ६८ केजीभन्दा माथिसँगै एकल र टिम कातामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै, टिममा पहिलो हुनेले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा गोदावरी नगरपालिका मुख्य प्रायोजकको रूपमा रहेको छ ।

प्रतियोगिता सञ्चालनका निम्ति कुल ५५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro