site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली महिला टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

काठमाडौं । घरेलु मैदानमा हुने चारदेशीय महिला फुटबलका प्रतियोगिताका निम्ति नेपाली टिमको प्रशिक्षण जिम्मेवारी राजेन्द्र तामाङले पाएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार तामाङलाई जिम्मेवारी सुम्पिएको हो । तामाङले यसअघि साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिप र नेपालमै भएको साफ महिला च्याम्पियनसिपका दौरान नेपाली महिला टिमको जिम्मेवारी सम्हालेका थिए ।

यसै वर्ष दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि तामाङले अबदेखि नेपाली महिला टिम नहेर्ने घोषणा समेत गरेका थिए । उक्त प्रतियोगिताको फाइनलमा नेपाललाई बंगलादेशले २–१ ले पराजित गरेको थियो ।

तामाङले चारदेशीय प्रतियोगिताका निम्ति ३९ सदस्यीय प्रारम्भिक बन्द प्रशिक्षण टोली समेत घोषणा गरिसकेका छन् । नेपालमा फेब्रुअरी १७ देखि २६ सम्म चारदेशीय प्रतियोगिता खेल्ने तालिका छ । जसमा नेपालसँगै म्यानमार, लेबनान र कीर्गिस्तान सहभागी हुनेछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro