site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पुनर्बिमा कम्पनीलाई पुँजी वृद्धि गर्न समय थपियो

काठमाडौं । नेपाल बिमा प्राधिकरणले दुई पुनर्बिमा कम्पनीलाई पुँजी वृद्धि गर्न थप समय दिएको छ । प्राधिकरणले नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सलाई तोकिएको पुँजी वृद्धि गर्न थप एक वर्ष समय दिने निर्णय गरेको हो ।

पुस २४ गतेको निर्णयअनुसार अब यी दुई पुनर्बिमा कम्पनीले एक वर्षभित्र २० अर्ब चुक्तापुँजी कायम गरे हुन्छ । प्राधिकरणका उप–निर्देशक शम्भुराज लामिछानेका अनुसार पुनर्बिमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्न थप एक वर्षको समय दिने निर्णय भएको हो ।

यो निर्णयअनुसार अब नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रि–इन्स्योरेन्सले आगामी २०८२ माघ मसान्तभित्र २० अर्ब चुक्तापुँजी पुर्‍याए हुने भएको छ ।

प्राधिकरणले यही माघ मसान्तसम्म तोकिएको पुँजी पुर्‍याउन निर्देशन दिएको थियो । तर, तोकिएको समयसम्म कम्पनीले चुक्तापुँजी कायम नगरेपछि समय थप गरिएको लामिछाने बताउँछन् ।

हाल नेपाल पुनर्बिमा कम्पनीको चुक्तापुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार १०० रुपैयाँ छ । त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

नेपाल पुनर्बिमा कम्पनीले पुँजी वृद्धिको योजना प्राधिकरणमा बुझाउन नसक्दा समय थप गर्न परेको हो । सरकारी स्वामित्वमा स्थापना भएको यो कम्पनीमा निर्णय प्रक्रिया लामो भएकाले पनि पुँजी वृद्धिको योजना समयमा बोर्डमा पेस गर्न नसकेको हो ।

हिमालयन रिइन्स्योरेन्सले भने ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव वार्षिक साधारणसभाबाट गरिसकेको छ भने प्राधिकरणले पनि स्वीकृति दिइसकेको छ  ।  

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro