site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ढाका विश्वविद्यालयलाई हराउँदै लखनऊ फाइनलमा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । बंगलादेशको ढाका विश्वविद्यालयविरुद्ध सात विकेटको जित निकाल्दै भारतको लखनऊ  विश्वविद्यालय नेपालमा जारी टी–२० जय नेपाल कपको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ढाका विश्वविद्यालयले प्रस्तुत गरेको १८० रनको लक्ष्य १६.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्दै लखनऊले फाइनल यात्रा तय गरेको हो । 

लखनऊको जितमा यस वरदान सिंहले सर्वाधिक ८२ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका यसले ३९ बलमा ११ चौका र चार छक्का प्रहार गरे । यस्तै, ओपनर मनप कन्डपालले २४ बलमा आठ चौका र चार छक्कासहित ५९ रन बनाए ।

यस्तै, आदित्य प्रताप सिंहले १८ र ओमकार सिंहले १४ रन थपे । 

ढाकाका सरिर साकिबले दुई र महफिजुल इस्लामले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको ढाकाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७९ रनको योगफल खडा गरेको थियो ।

ढाकाका इप्तिखर हुसैनले ५६ बलमा नौ चौका र चार छक्कासहित ९५ रन बनाए । यस्तै, ओपनर सिफत सदिक खानले ३१ बलमा ६ चौका र दुई छक्कासहित ५१ रन थपे । यस्तै, जोहिन फिर्दोस जामीले १५ र महफिजुल इस्लामले आठ रन जोडे । 

ढाकाविरुद्ध लखनलउका अभिषेक सोनी, आदित्य प्रताप सिंह, आनन्द सागर र सयेद मोहमद मेहदीले समान एक विकेट लिए । 

प्रतियोगितामा ढाका समूह ‘ए’ को विजेता र लखनऊ समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा आएका हुन् । अब लखनऊले उपाधिका निम्ति त्रिभुनव विश्वविद्यालय र मिड–वेस्ट विश्वविद्यालयबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro