site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिँडिरहेको छ : डा‍ शेखर कोइराला 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका निम्ति हुनुपर्नेमा पैसाका हुन थालेको बताएका छन् । सोमबार विराटनगरमा नोना कोइराला स्मृति प्रतिष्ठानले आयोजना गरेको पुरस्कार वितरण समारोहमा उनले यस्तो आरोप लगाएका हुन् । 

नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता र पैसाको पछि हिँडिरहेको टिप्पणी गरे । तीनै तहको सरकारमा बसेको अधिकांश व्यक्ति व्यक्तिगत स्वार्थमा केन्द्रित भएको उनको टिप्पणी थियो । 

‘‘अहिले राजनीतिलाई व्यावसायीकीकरण गरिँदै छ । राजनीति भनेको पेसा व्यवसाय होइन, सेवा हो,’’ कोइरालाले भने, ‘‘पैसै कमाउने हो अन्य थुप्रै विकल्प छन् । तर राजनीति त समाजसेवा हो ।’’ जनप्रतिनिधिहरु लालचमा फस्न नहुनेम उनको भनाइ थियो।

अध्यादेशप्रति आपत्ति 

कोइरालाले सरकारले संसद्लाई छलेरअध्यादेश ल्याएकोमा आपत्ति जनाए । संसद् बस्ने समयमा हतारमा अध्यादेश ल्याउँदा आमजनतामा आशंका पैदा भएको उनको टिप्पणी थियो। 

‘‘हतारहतार अध्यादेश ल्याउनुपर्ने कुनै जरुरी थिएन । अध्यादेशमा केही खोट छ कि, सरकारको केही स्वार्थ छ कि भन्ने आमजनतामा परेको छ,’’ कोइरालाले भने, ‘‘संसदमै पेस गर्दा पनि कांग्रेस र एमाले मिल्दा झन्डै दुईतिहाइको संख्या छ । सजिलै पास हुन्थ्यो । संसद् छलेर सरकारले जुन अध्यादेश ल्याइएको छ, त्यो ठीक भएन ।’’

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro