site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारसँगै बेखुस छन् सभामुख, भन्छन्– विधेयक ल्याउँछु भन्छन्, ल्याउँदैनन् 

काठमाडौं । सभामुख देवराज घिमिरेले मन्त्रीहरू सार्वजनिक रुपमा विधेयक ल्याउँछु प्रतिबद्धता जाहेर गर्ने तर व्यवहारमा नल्याउने प्रवृत्ति भएको टिप्पणी गरेका छन् । 

उनले सोमबार आफ्नै कार्यकक्षमा संसदीय संवाददाताहरूसँग भने, “प्रत्येक मन्त्रीहरूले बाहिर बोल्दा पनि र मसँग कुरा गर्दा यी–यी विधेयक ल्याउँदैछु भन्छन्,” उनले भने, “प्रत्येक मन्त्रालयले विधेयक बनाइरहेका छन् । हामीसँग २४ वटा मन्त्रालयबाट छन् । यसै पनि २४ आउने भए, एउटामा २, ३ वटाका कुरा आइरहेको छ ।”

घिमिरेले तर सरकारले ती विधेयक नल्याउने गरेको सुनाए । “सरकार थुप्रै विधेयक तयारीमा छन् भन्छ तर आइरहेको स्थिति छैन । विधेयक तयारी भएको त संसद् सचिवालयमा दर्ता भएको गर्ने चलन छ । दर्ता भएको छैन,” उनी भन्छन्, “गर्नुपर्ने काम टुंग्याएको छैन । छ छ भन्ने तर भएको चिज अघि बढेको छैन । यो समीक्षाको विषय हो ।”

उनले तयारी मात्रै नभएर परिणाममा देखिनुपर्ने बताए । उनले मन्त्रीहरूले कानुन बनाउने विषयमा समन्वयकारी भूमिका खेल्न नसकेको टिप्पणी गरे । कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको समन्वय अपुग भएको टिप्पणी समेत गरे । 

उनले संसदीय समितिमा रहेका विधेयक टुंगोमा पुर्याउन सक्रिय भूमिकाको आवश्यकता पनि औंल्याए । “विचराधीन विधेयक टुंगोमा पुर्याउन समिति सक्रिय हुनुपर्छ,” उनले भने, “समितिमा कोरम पुगिरहेको छैन । त्यसले निष्कर्ष निकाल्न सकेको छैन ।”

बाध्य भएपछि मात्रै गर्ने !

पछिल्लो समय विधेयक ‘होल्ड’ हुने विषयको अन्त्य गर्न समयसीमा आवश्यक रहेको आवाज उठ्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विधेयक समितिमा अड्किँदा काम गर्न अप्ठ्यारो भएको धारणा सार्वजनिक गरिसकेका छन् ।

सभामुख घिमिरे चाहिँ समयसीमाको अभाव या इच्छाशक्तिका कारण विधेयक ‘होल्ड’ भएको छ भन्ने चाहिँ बुझ्न आवश्यक भएको बताउँछन् । “समयसीमा तोक्ने त एउटा हिसाब होला । नटुंगिनु समयसीमाको अभावले हो त ? अफ्ठ्यारो नपर्दासम्म काम नगर्ने,” उनी भन्छन्, “त्यसो गर्दा (समयसीमा राख्दा) जबरजस्ती गर्ने कुरा आयो । त्यो गर्ने कि नगर्ने भन्ने हो ।” 

संसदलाई प्रभावकारी बनाउन क्यालेन्डर भने लागु गर्नुपर्नेमा उनको जोड छ । संसद्को हिउँदे अधिवेशन माघ १८ गतेबाट सुरु हुँदैछ । यो अधिवेशनमा विधेयक टुंग्याउनुपर्नेमा उनको जोड छ । 

घिमिरेले अधिवेशन प्रभावकारी बनाउने विषयमा पहल थालेका छन् । आइतबार सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग अलग–अलग छलफल गरेका थिए । सोमबार प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका छन् ।

मंगलबार कार्य व्यवस्था तथा परामर्श समितिको बैठक बोलाइएको छ । पहिलो दिनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अरु दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro