site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उदाहरणीय काम गरे जनताले आफैँ ०८४ मा कांग्रेस खोज्नेछन् : साउद 

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले आफ्नो पार्टीलाई ‘मिसन ०८४’ भन्ने छुट नभएको बताएका छन् । गृहजिल्ला कञ्चनपुर पुगेका उनले ०७९ सालको निर्वाचनबाट जनताको ‘म्यान्डेट’ पाएको पार्टीले अर्को मिसन बनाउन आवश्यक नरहेकामा जोड दिए ।

“कांग्रेसलाई मिसन ०८४ भन्ने छुट छैन । हामी देशको ठूलो पार्टी भएकाले ०८४ कुर्नुपर्ने छैन,” साउदले भने, “हारेकाहरूले हो मिसन ०८४ भनेर जनतालाई भ्रमित बनाउने । कांग्रेसलाई जनताले ०७९ मा नै म्यान्डेट दिइसकेका छन् । त्यसकारण हामीले जनताका आकांक्षा र विकासका काममा कटिबद्ध हुन जरुरी छ ।”

पार्टीबाट जितेका तीन तहका जनप्रतिनिधिले उदाहरणीय काम गरे ०८४ मा जनताले आफैँ कांग्रेसको खोजी गर्ने उनले बताए । “आजका दिनमा कांग्रेसबाट तीन तहमा गएका जनप्रतिनिधि साथीहरूले उदाहरणीय काम गर्‍यौँ भने जनताले आफैँ ०८४ मा कांग्रेस भनेर खोज्नेछन्,” नेता साउदले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro