site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
इसेवाका १६ वर्ष, यस्तो छ संघर्ष र सफलता

काठमाडौं । भुक्तानी सेवा प्रदायक डिजिटल इसेवा १५ वर्ष पूरा गरेर १६ औँ वर्षमा प्रवेश गरेको छ । नेपालमा नगदरहित आर्थिक प्रणालीको परिकल्पना गर्दै सन् २००९ मा इसेवाको बेटा भर्जन सार्वजनिक भएको थियो ।
 त्यसपछि सन् २०१० को २५ जनवरीमा इसेवाको सेवा सुरु भएको थियो ।

करिब डेढ दशकअघि वित्तीय संस्थामा लामो लाइन बसेर गरिने आर्थिक गतिविधि हटाउने गरी सुरु भएको इसेवा १६ औं वर्षमा प्रवेश गरेको हो । इसेवाका संस्थापकहरूले नगदरहित अर्थतन्त्र निर्माण गन आमजनताको विश्वास जित्दै परम्परागत सोच परिवर्तन गर्ने लक्ष्य राखेका थिए । 

नगदलाई डिजिटलाइजेसनमा ल्याएर डिजिटल भुक्तानी सेवा अहिले सामान्य लागेपनि उतिबेला जटिल रहेको कम्पनीको भनाइ छ । अहिले हिमाल, पहाड र तराईसम्मका ७५३ सम्पूर्ण क्षेत्रमा इसेवाले सेवा प्रदान गरिरहेको छ ।

Dabur Nepal
NIC Asia

सन् २००९ मा बेटा भर्जन इसेवा डेक्सटप कम्युटरको माध्यमबाट मात्र चलाउन मिल्थ्यो । 

बजारमा रिचार्ज कार्ड सहजै नपाइने अवस्थामा त्यसको पिन नम्बर हातले कोट्याएर कम्पनीले आफ्नो सिस्टममा राखेर डिजिटल माध्यमबाट रिचार्ज बेच्ने गरेको स्मरण गरेको छ । नेपाल टेलिकमले इलेक्ट्रोनिक्स् रिचार्ज सिस्टम बनाएपछि मात्र इलेक्ट्रोनिक्स् पिन उपलब्ध हुन थालेका कम्पनीको भनाइ छ ।

रिचार्ज कार्ड घोटेर सिस्टममा पिन राख्नका लागि पनि दर्जनौं कर्मचारी राख्नु परेको कम्पनीले अहिले रियलटाइममै टपअप तथा बिल भुक्तानी सेवा दिन्छ । सन् २०१० देखि सन् २०१२ सम्म एफवान सफ्टको एउटा प्रोडक्ट रहेको इसेवा त्यसपछि छुट्टै कम्पनी बन्यो ।

इसेवाको पहिलो आधिकारिक मर्चेन्ट बुद्ध एयर बनेको थियो । 

सन् २०१३ मा ‘बेस्ट टेक्नोलोजी इनोभेसन अवार्ड’ पाएको कम्पनी सन् २०१७ मा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा इजाजतपत्र प्राप्त कम्पनी बन्यो । आफ्नो औचित्यलाई कोभिड–१९ को महामारीले थप स्थापित गरेको कम्पनीको भनाइ छ । 

यसरी नेपालको आर्थिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याएको कम्पनीको विश्वास छ । कम्पनीले लाखौँ साना तथा मझौला उद्यमीलाई डिजिटल भुक्तानी प्रणाली अपनाउन सक्षम बनाई आर्थिक वृद्धिमा समेत टेवा पुर्याउँदै आएको बताएको छ ।

मोबाइल टपअपबाट सुरु भएको इसेवाबाट अहिले नेपालको जुनसुकै कुनामा बसेर पनि सजिलै आर्थिक व्यवहार गर्न सकिएको छ । इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लूबुक नवीकरण, बिमालगायत २ हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी, इजी लोन, इस्पिकर, मर्चेन्ट लिङ्क सुविधा दिँदै आएको छ ।
नगद कारोवार गर्दा ठूलो मात्रामा हुने कागजको प्रयोग अनलाइन भुक्तानीमार्फत इसेवाले अहिलेसम्म लगभग ३,७२,३४० किलो कागज बचाएको जनाएको छ । 

यसबाट कुल ७,८०९,६९८.७२६ किलो कार्बनडाइअक्साइड उत्सर्जन घटाउन मद्दत गरेको कम्पनीको भनाइ छ ।  नेपालमा लगभग १० लाख जनताले नेपाल विद्युत् प्राधिकरणको बिल भुक्तानी इसेवामार्फत गर्दै आएको कम्पनीले जनाएको छ ।

कस्तो छ, आजको इसेवा ?

चारजना कर्मचारीबाट सुरु भएको इसेवाले हाल ४ सय ५० भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरेको बताएको छ । कम्पनीले अहिले २ हजारभन्दा बढी सेवाहरूको सुविधा दिइरहेको बताएको छ । कम्पनीले विद्युतीय कारोबार गर्न सक्ने एआई च्याटबट ईभीए पनि सञ्चालनमा ल्याएको छ ।

इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था र २ लाख ६८ हजारभन्दा बढी एजेन्ट आवद्ध रहेको कम्पनीले जनाएको छ ।

यस्तो हुनेछ, भविष्यको इसेवा

इसेवाले आगामी दिनमा आफ्ना सेवाहरू विस्तार गर्दै भुक्तानी मात्र नभइ बचत तथा लगानीका योजना पनि ल्याउने बताएको छ । बचत गर्ने सुविधाले सेवाग्राहीलाई प्रोत्साहन मिल्ने हुँदा म्युचुअल फण्ड  तथा लगानीका विविध योजना समेत ल्याउने कम्पनीको भनाइ छ ।

कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी ठगी र संधिग्ध गतिविधि पत्ता लगाउने प्रणाली लागू गर्ने तयारी गरिरहेको समेत कम्पनीले जनाएको छ । अत्याधुनिक प्रविधि प्रयोग गरेर ‘खर्च गर्ने’,‘वचत गर्ने’ र ‘आय वृद्धि गर्ने’ यात्रातर्फ उपभोक्तासँग हातोमालो गर्दै अघिबढ्ने इसेवाले बताएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro