site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गजेन्द्रनारायणलाई सम्झिँदै मधेसी नेताले भने– एकताबद्ध भएर अघि बढ्छौँ

काठमाडौं । मधेसकेन्द्रित राजनीतिक दलका नेताले एकताबद्ध भएर मधेसी जनताको अधिकार स्थापित गर्न केन्द्रित हुने बताएका छन् । 

गजेन्द्रनारायण सिंहको २४औँ स्मृति दिवसका अवसरमा गजेन्द्रनारायण सिंह अध्ययन प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरूले मधेसको मुद्दालाई सशक्त रूपमा अघि बढाउन एकताबद्ध भएर जाने बताएका हुन् ।

Dabur Nepal
NIC Asia

राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले गजेन्द्रनारायण सिंहलगायतका अग्रज नेताहरूको अभियान अझै पनि पूरा हुन नसकेकाले अब आफूहरू मिलेर सबैलाई अधिकार र पहिचान दिएरै छाड्ने बताए । उनले संविधान कुनै एक पार्टी वा व्यक्तिको नभएकाले समग्र देशको संविधान बनाउने गरी मुद्दा मिल्नेहरू एक हुनुपर्ने धारणा राखे । 

त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका नेता राजकिशोर यादवले संविधानले सबै जनताको प्रतिनिधित्व गर्न नसकेकाले अब सर्वस्वीकार्य हुने गरी संशोधन गर्न अघि बढ्नुपर्ने उल्लेख गरे । 

संविधान संशोधनको सवालमा चलखेल गरेर भएका उपलब्धि हरण गर्ने र देशलाई गलत बाटोमा लैजान सक्ने चिन्ताका साथ मधेसकेन्द्रित दलहरू एक भएर खबरदारी गर्ने उनले बताए । 

त्यस्तै, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मधेसकेन्द्रित दलहरू यसअघि पटक–पटक स्वार्थका कारण विभाजन हुनु दुःखद् भए पनि अब समान मुद्दालाई अघि बढाउन एक भएर अघि बढ्ने जिकिर गरे । उनले मधेसकेन्द्रित राजनीतिक दलबीच आगामी सोमबारसम्म छलफल गरेर समान एजेन्डा बनाउने बताए । 

त्यस्तै, अन्य दलका नेताहरूले पनि मधेसका मुद्दाहरूलाई अघि बढाउनका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 

गजेन्द्रनारायण सिंह मधेसकेन्द्रित दल नेपाल सद्भावना पार्टीका संस्थापक नेता हुन् । ०५७ सालमा उनको निधनपछि मधेसकेन्द्रित दलहरू तितरवितर भएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro