site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पले घोषणा गरेको ५०० अर्ब डलरमा एआई डाटा सेन्टर, एक लाखलाई रोजगारी
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार निमार्ण गर्न निजी क्षेत्रको ५०० अर्ब अमेरिकी डलर लगानी घोषणा गरेका छन् । ट्रम्पले गत मंगलबार घोषणा गरेको यो लगानी ओपनएआई, सफ्टबैंक र ओराकलले गर्ने भएका हुन् ।

यी तीनवटै कम्पनीले ज्वाइन्ट भेञ्चर स्टारगेटमार्फत डाटा सेन्टर निमार्ण गर्न ५०० अर्ब अमेरिकी डलर लगानी गर्ने भएका हुन् ।

तीनवटै कम्पनी र स्टारगेटका अन्य लगानीकर्ताले एक सय अर्ब डलर तत्काल लगानी गर्न तयार रहेको बताएका छन् । बाँकी रकम चार वर्षमा लगानी गरिनेछ ।

सफ्टबैंकका सीईओ मासायोशी सन, ओपनएआईका सीईओ साम अल्टम्यान र ओराकलका अध्यक्ष ल्यारी एलिसन ह्वाइट हाउसमा ट्रम्पसँग भोजमा सहभागी भएका थिए ।

एलिसनले यो परियोजनाको पहिलो डाटा सेन्टर टेक्सासमा निर्माणाधीन रहेको बताएका छन् । करिब ५० हजार वर्गफिटको क्षेत्रफलमा २० डाटा सेन्टर निर्माण गरिने उनले बताएका छन् ।

विभिन्न किसिमका एआई मोडलहरूलाई सञ्चाल गर्ने यी डाटा सेन्टरले अमेरिकामा एक लाख रोजगारी सिर्जना गर्नेछ ।

यी डाटा सेन्टरले इलेक्ट्रोनिक स्वास्थ्य रेकर्डको विश्लेषण गरी डाक्टरहरूलाई बिरामीको हेरचाह गर्न सहयोग गर्ने ओराकलका अध्यक्ष एलिसनको भनाइ छ ।

तीन वटै कम्पनीले यो परियोजनाको श्रेय ट्रम्पलाई दिएका छन् । अल्टम्यानले आर्टिफिसियल जनरल इन्टेलिजेन्स नामक थप शक्तिशाली प्रविधिलाई उल्लेख गर्दै ट्रम्पबिना यो सम्भव नभएको टिप्पणी गरेका छन् ।

यसअघि गत मार्चमा ओपनएआई र माइक्रोसफ्टले एक सय अर्ब अमेरिकी डलरको परियोजनामा काम गरिरहेको समाचार बाहिरिएको थियो । उक्त परियोजनामा सन् २०२८ मा सार्वजनिक हुने भनिएको स्टारगेट नामक आर्टिफिसियल इन्टेलिजेन्समा आधारित सुपर कम्प्युटर पनि समावेश छ । 

यो पछिल्लो घोषणा त्यसैमा आधारित हो वा नयाँ योजना भन्ने स्पष्ट भइसकेको छैन । रोयटर्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro