site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेसवादी दलहरू फुट्दा प्राप्त उपलब्धि गुम्ने खतरा : उपेन्द यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द यादवले प्रतिगमनकारी शक्तिहरू फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा रहेको महसुस हुन थालेको बताएका छन् ।

बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एकता, संघर्ष र रूपान्तरणको माध्यमबाट नै संसार अघि बढ्ने उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

उनले अहिलेको आवश्यकता क्रान्तिकारी र परिवर्तन शक्तिहरूबीचको एकता रहेको उल्लेख गरे । एकतासँगै परिवर्तनविरोधी तागतको विरुद्ध संघर्षको आवश्यकता रहेको बताए । राजनीतिक प्रणालीमा समाजिक र आर्थिक प्रणालीमा रूपान्तरणको आवश्यकता रहेको बताए ।

उनले भने, "एकता, संघर्ष र रूपान्तरण तीन भाग हुन्छ । एकता, संघर्ष र रूपान्तरणको माध्यमबाटै दुनियाँ अघि बढ्छ । अहिलेको आवश्यकता क्रान्तिकारी र परिवर्तन शक्तिहरूबीचको एकता हो । क्रान्तिका, परिवर्तनका उपलब्धिहरू गुम्ने खतरा भयो, प्रतिगमनकारी शक्तिहरू फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा छ । क्रान्तिकारी र परिवर्तनकारी शक्तिहरूको एकताको आवश्यकता छ । एकतासँगै परिवर्तनविरोधी तागतको विरुद्ध संघर्षको आवश्यकता छ । त्यो संघर्षसँगै राजनीतिक प्रणालीमा, समाजिक र आर्थिक प्रणालीमा रूपान्तरणको आवश्यकता छ ।"

अध्यक्ष यादवले मधेसवादी दलहरू फुट्दा प्राप्त उपलब्धि गुम्ने खतरा भएको उल्लेख गरे ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro