site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
टाइगर कप : हेल्प नेपालले अनुबन्ध गर्‍यो तीन विदेशी खेलाडी

पोखरा । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि हेल्प नेपाल स्पोर्टस् क्लबले एक अमेरिकनसहित तीन विदेशी खेलाडी भित्र्याएको छ ।

स्पोर्टस् क्लबले अमेरिकन प्लेयर जचारी तारो मायर, पाकिस्तानी खेलाडी मोहम्मद कसिफ नभिद र आइमल खानलाई टोलीमा अनुबन्ध गरेको क्लबका महासचिव अरुण श्रेष्ठले जानकारी दिए । टाइगर कप खेल्न तीनै खेलाडी नेपाल आइसकेका श्रेष्ठले बताए ।

Dabur Nepal
NIC Asia

नभिद र खान यसअघि पनि हेल्प नेपालबाट खेलिसकेका छन् भने मायर पहिलोपटक हेल्प नेपालबाट खेल्न नेपाल आएका हुन् । टाइगर कपमा हेल्प नेपालको कप्तानी टोपबहादुर थापाले गर्नेछन् । टोलीको उपकप्तानको रूपमा धिरज बस्नेत रहनेछन् ।

यसबाहेक टोलीमा विष्णु बस्नेत, चिरञ्जीवी खड्का, सुरेन्द्रबहादुर बम, चित्रबहादुर केसी, मनिष मानन्धर, विष्णुबहादुर क्षेत्री र सुवाश कुँवर छन् । टोलीको प्रशिक्षकको रूपमा उत्सव खड्का रहनेछन् । हेल्प नेपाल अघिल्लो संस्करणको विजेता टोली हो ।

शनिबारदेखि सुरु भइ माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा दुई विदेशीसहित १२ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फको विजेताले पाँच लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । उपविजेतालाई समान दुई लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले एक लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro