site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हृदयेशको सुझाव : बहुमत चाहिए आधा/आधा सिट बाँडेर निर्वाचन लड्नुस्

काठमाडौं । जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले नेपाली कांग्रेस र नेकपा एमालेलाई आधा/आधा सिट बाँडेर निर्वाचन लड्न सुझाव दिएका छन् ।

बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले दुईदलीय व्यवस्था र बहुमत चाहिएको भए आधा/आधा सिट बाँडेर लड्दा बहुमत आउने बताए । उनले आन्दोलन गर्दा सात दल चाहिने तर अहिले दुईदलीय व्यवस्थातिर लैजाने कुरा सह्य नभएको उल्लेख गरे । कांग्रेस र एमालेले लोकप्रियता हाँसिल गरेको भए जनताले गत निर्वाचनमै बहुमत दिने उनको भनाइ छ ।

"आन्दोलन गर्दा हामी सात दल चाहिने, अनि अहिले दुई दलको कुरा गरेर हुन्छ ? बहुदलीय व्यवस्था वा प्रणाली जुन हामीले अपनाएका छौँ । नेकपा एमालेका जो नेता हुनुहुन्थ्यो मदन भण्डारी । उहाँको जनताको बहुदलीय जनवादकै विपरीत हो दुईदलीय जनवाद । दुई दल भनेको कांग्रेस र एमाले उहाँले सोच्नुभएको होला । कांग्रेस र एमालेले यदि लोकप्रियता हाँसिल गरे भने त दुई दललाई बहुमत कसैलाई आइहाल्छ," उनले भने, "अर्को निःशुल्क सल्लाह के छ भने यदि बहुमत नै ल्याउने हो भने आधा–आधा सिट बाँडेर लडे भइगयो नि । त्यसको लागि संविधान संशोधन, नियमावली, कानुन केही हेर्नैपर्दैन ।"

आफ्नो अकर्मण्यताको दोष प्रणालीलाई दिन नहुने उनले बताए ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २१:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro