site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री कप : आर्मीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर–४ को दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले घरेलु टोली सुदूरपश्चिमलाई १४ रनले पराजित गरेको छ ।

त्रिभुवन आर्मी क्लबले दिएको १११ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमलले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९६ रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमलका लागि मनिसा बोहराले १८, कविता कुँवरले १६ र कप्तान विन्दु रावलले ११ रन बनाए पनि अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आर्मीका लागि सुस्मिता भुसालले तीन विकेट हात पारिन् ।

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको आर्मीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११० रन बनायो । जसमा सम्झना खड्काले अर्धशतकीय पारी खेल्दै ७४ रनमा नटआउट रहिन् । सम्झना प्लेयर अफ द म्याच समेत चुनिइन् ।

सुदूरपश्चिमका लागि जानकी थापाले दुई विकेट हात पारिन् ।

आजको हारसँगै सुदूरपश्चिमलाई फाइनल पुग्न अझ कठिन भएको छ । आजै सम्पन्न सुपर–४ को पहिलो खेलमा विभागीय टोली एपीएफले वाग्मती प्रदेशलाई १० विकेटले पराजित गर्दै फाइनलको यात्रा बलियो बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro